डोटीमा प्रजिअले गरे गाडी चालकलाई फुलमालाले स्वागत


विमल विष्ट,डोटी।डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा सञ्चालन भैरहेका सार्वजनिक यातायातका चालकहरुलाई आज आईतवार फुलमाल लगाएर स्वागत गर्नु भएको छ ।

दशैको सुरुवात अर्थात घटस्थापनाको दिन पारेर जिल्ला बाट लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेलले दिपायलमा आज आईतवार बिहान फुलमाला लगाएर स्वागत गरी दशैको शुभकामना आदान प्रदान गर्नु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीको आयोजनामा दिपायल स्थित पिपल्ला बजारमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारी चलाउदा बिस्तारै तथा सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गर्दै जिल्ला बाट लामो तथा छोटो दुरीमा गाडी चलाउने चालकलाई शुभकामना दिनु भएको थियो ।

सोही कार्यक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी पोडेलले चाडवाडको समयमा जिल्लामा बढी सवारी दुर्घटना हुने भएकाले चालकहरुले नै बढी सयमित अपनाएर गाडी चलाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी चलाउने चालक मात्रै जिम्मेवार हुने हो भने सवारी दुर्घटना निकै कमि हुनेछ,चालकको लापर्वाहिका कारण दुर्घटना नहोस ।”

सोही कार्यक्रममा बोल्नु हुँदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलिपसिंह देउवाले सवारी चालक संग संगै यात्रुहरुलेपनि संयमिता अपनुपर्ने बताउनुभयो

। उहाँले भन्नुभयो, “चालकको अवस्था ठिए भए नभएको जानकारी यात्रुले राख्नु जरुरी भएकोले चालक संग संगै यात्रुपनि यात्रा गर्दा चनाखो हुने पर्ने छ ।” जिल्लामा यसरी चालकहरुलाई स्वागत गरेर दशैको शुभकामना आदान प्रदान गरिएको यो पहिलो पटक हो ।

प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले यहाँका चालकहरुलाई स्वागत गरेको निकै राम्रो र सरहानिएकाम भएको शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेश मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिडियो र एसपी सावले चालकको मनोबल बढाउने काम गर्नु भएको छ,यो एकदमै स्वागत योग्य काम हो हामी खुसि भएकाछौँ,दुर्घटना हुन नदिन हामी निकै सचेत र चनाखो हुने छौँ ।” जिल्लामा रहेका करिब एक दजर्न जती सवारी चालकहरुलाई आज फुलमालले स्वागत गरिएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख मोहन बिकले बताउनुभयो ।