एनसीसी बैंकद्वारा अपांग अस्पताललाई २५ लाख सहयोग


नेपाल समाचारपत्र, काठमाडौं। एनसीसी बैंकले काभे्र जिल्लाको बनेपास्थित अपाङ बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई २५ लाख ४२ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।

अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपांगता भएका बालबालिकालाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेज् केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गर्नुभयो।यसैगरी बैंकले महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत विद्यार्थीका लागि सूचना प्रविधिमा पहँुच पुर्याउन तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गते उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गर्नुभयो।