नागरिक एकता समाजद्वारा २३ जना सम्मानित


नेपाल समाचारपत्र,काठमाडौं। विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई शनिबार सम्मान गरियो। नागरिक एकता समाजले राजधानीमा आयोजित एक समारोहका बीच सो सम्मान गरेको हो।

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख रवीन्द्र महासेठ, लोकगायिका कुन्ती मोक्तान, उमेश आचार्यलगायत २३ जनालाई सम्मान गरिएको थियो।

त्यसैगरी सञ्चार क्षेत्रबाट नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जन, नागरिक दैनिकका वरिष्ठ संवाददाता रुवी रौनियार, नेपाल टेलिभिजनका क्यामेराम्यान टेकहादुर खड्कालाई सञ्चार सेवा सम्मान प्रदान गरिएको थियो।

सम्मानित हुनेहरुलाई समाजका अध्यक्ष सीताराम कार्कीले खादा र संविधानसभाका पूर्वअध्यक्ष्ँ सुवँस नेम्वाङले फूलमाला लगाई सम्मानपत्र प्रदान गर्नुभयो।

सो अवसरमा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले समाजका विविध क्षेत्रमा क्रियाशील व्यक्तिको सम्मानले राम्रा काम गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रको समृद्धिका लागि सबै क्षेत्रको समान सक्रियता र योगदान हुनुपर्ने बताउनुभयो।