पूर्वप्रधानन्यायाधीश उपाध्याय निधन


काठमाडौं, (नेस)।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएको छ। उहाँको ८२ वर्षका शुक्रबार राति आफ्नै निवासमा निधन भएको हो।

उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ शनिबार दिउँसो अन्त्येष्टि गरिएको छ। उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उहाँ चिकित्सकको हेरचाहमा हुनुहुन्थ्यो।

उहाँको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्। १९९४ मंसिर २० गते सिरहामा जन्मनुभएका उहाँले झन्डै ३८ वर्ष न्याय सेवामा बिताउनुभएको थियो।

उहाँ २०४८ सालमा सर्वोच्च अदालतका न्यायाधीश बन्नुभएको थियो। त्यसपछि उहाँ २०५६ पुस २ गते प्रधानन्यायधीश नियुक्त भई २०५९ मंसिर १९ गते अवकाश पाउनुभएको थियो।

न्याय सेवाको दौरानमा उहाँले संसद् पुनस्र्थापना, मानवअधिकार, महिला अधिकारलगायतका क्षेत्रमा गर्नुभएको फैसला उदाहरणीय र महत्वपूर्ण मानिन्छन्।