जिप दुर्घटना हुँदा १४ जना घाइते, चालक फरार


न्युज अफ नेपाल, जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नंको जिप आज पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीले जानकारी दिएकाे छ ।

जिपमा २५ जना सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिप चालक फरार छन् ।