प्युठानमा महिलाको शव फेला


सलिम अन्सारी, प्युठान ।

जिल्लाको माण्डवी गाउपालिका वडा नम्बर ३ देविस्थान स्थित माडी खोला किनारमा एक बेवारिसे महिलाको सव फेला परेको छ। खोलाको बिचमा ढुङ्गामा अडिकएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मंगोलियन अनुहार ( मगर गुरुङ ) जस्तो देखिने महिला रातो र पहेँलो कलरको मेक्सी र हरियो पेटिकोट लगाएको, नाकमा फुली लगाएको, दुबै हातमा कालो पलाष्टिकको १-१ वटा चुरा लगाएको, करिब ३८ देखि ३९ वर्ष बर्षको देखिने महिलाको शव फेला परेको हो ।

जानकारी पाउनेबित्तिकै प्रहरी चौकी देविस्थानबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी देविस्थानबाट ३ कि.मी. दक्षिणमा पर्छ। शव भेटिएको क्षेत्रबाट मानिस हराएको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ ।