फलेबासमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न  


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको फलेबास नगरपालिकामा एक दिने बृहद निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

फलेवास नगरपालिकाको अयोजना, गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिबीरमा ५ सय जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले निःशुल्क औषधी उपलब्ध गराएको थियो ।

यसअघि शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बिनोद शर्मा घिमिरेले समुदाय– प्रहरी साझेदारी मार्फत सुरक्षित समाजको निर्माण गर्न जनताको नजिक पुग्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले अपराध न्यूनीकरण र सामाजिक बिकृति विसंगती न्यूनीकरण गर्नको लागि नै समुदाय– प्रहरी साझेदारी कार्यक्रम ल्याईएको स्पष्ट पार्नुभयो । उहाँले यस्ता शिविरहरुले प्रहरी र सर्वसाधरणको सम्बन्ध बलियो बनाउने बिश्वास पनि ब्यक्त गर्नुभयो ।

फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले हरेक बर्ष स्वास्थ्य शिविर राखेर आर्थिक अभाबका कारण गाउँबस्तीमा रोग पालेर बस्ने नगरबासीको स्वास्थ्य जाँच गर्दै आएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्वास्थ्य शिविरले घर आँगनमै उपचार गर्न पाउने कुरालाई सुनिश्चित गरेको बताउनु भयो ।

गण्डकी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष पार्वतीदेवी शर्माले फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मालाई निःशुल्क औषधी हस्तान्तरण गर्नुभएको थियो । फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी मेडिकल कलेजका डाक्टर लक्ष्मण शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने नगरपालिकाका प्रबत्ता टिकाराम गौडेलले स्वागत गर्नुभएको थियो ।