टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई १५२ रनको टार्गेट


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई १५२ रनको टार्गेट दिएको छ।

इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा ३ विकेटको क्षतिमा सिंगापुरले १५१ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान टिम डेभिडले सर्बाधिक ६४ रनको योगदान दिए । नेपालका लागि करण केसीले २ विकेट लिए भने सुशन भारीले १ विकेट लिए ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।