छुट्टाछुट्टै स्थानमा २ को शव फेला


न्युज अफ नेपाल, काठमाडौं ।

धनुषाको शहिदनगर नगरपालिका–४ नुनपट्टीस्थित सार्वजनिक कुलोमा शुक्रबार बिहान हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मोरङको लेटाङ नगरपालिका–२ हाटखोला बस्ने ७५ वर्षीय खड्गकुमार मगर स्थानीय नक्साल खोलाले बगाई मृत्यु भएको अवस्थामा शुक्रबार बिहान फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।