छुट्टाछुट्टै ठाउँमा भएकाे आगलागीबाट करिब २० लाख बराबरको धनमाल नष्ट


न्युज अफ नेपाल, काठमाडौं ।

रुपन्देही, झापा, दाङ र महोत्तरीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–७ मनोहरापुर बस्ने राम साजन केवटको किराना पसलमा शुक्रबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापाको कमल गाउँपालिका–१ बाँसबारी बस्ने हिमा निरौलाको गोठमा शुक्रबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित सल्यान बनगाढ कुपिण्डे नगरपालिका–२ घर भएका अमबहादुर रानाको सल्यानी फेन्सी स्टोर्समा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–११ खैयरमारा बजारस्थित सोही नगरपालिका–१० बस्ने दुर्गा बहादुर दमाईको टेलर्समा शनिबार बिहान आगलागी हुँदा उक्त टेलर्स र नजिकै रहेको किराना पसल समेत जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले सबै स्थानका आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।