टिकाभैरबमा जेष्ठ नागरिक समिति गठन


न्युज अफ नेपाल, काठमाडौं ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको भेलाले ललितपुरको टिकाभैरबमा जेष्ठ नागरिक समिति गठन गरेको छ । प्रहरीसँग जेष्ठ नागरिकको निरन्तरको भेलाले शनिबार समिति गठन गरेको हो ।

भेलाले ८९ वर्षका लोकप्रसाद सापकोटाको अध्यक्षतामा नौ सदस्यीय समिति गठन भएको टिकाभैरब प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

उहाँले समिति गठनको जानकारी दिँदै दशैँ चाडबाडको सुरक्षा लगायतको विषयमा समेत छलफल भएको बताउनुभयो ।
‘निरन्तरको भेलाले जेष्ठ नागरिक समिति गठन गर्न सफल भएका छौँ । अब जेष्ठ नागरिकका समस्याहरु कानूनले मिलेसम्मको त्यही समितिले हल गर्नेछ ।’ उहाँले भन्नुभयो ।

भेलामा जेष्ठ नागरिक, एकल महिला, एकल पुरुष दुई सय बढीको उपस्थिति रहेको प्रहरी चौकीले जनाएको छ । भेलामा प्रदेश सांसद चेतनाथ संजेल, गोदावरी नपा–६ का वडा अध्यक्ष विष्णुमान महर्जन लगायतको समेत उपस्थिति थियो ।