गाउँपालिकाले निर्माण गर्ने योजना गुणस्तर बनाउन अनुगमन


बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट शिवालय गाउँपालिकाले संचालन गरेका विकास निर्माणका योजनाहरुलाई गुणस्तरी वनाउन अनुगमनलाई तिव्र बनाएको छ । यति बेला शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले सवै वडा कार्यालयहरुमा मोटर बााटो पुृयाउने लक्ष्यका साथ अनुगमनलाई अगाडी बढाउने भएको छ ।

नेपालीहरुको महान चाँड दशै तिहार नजिकिदै गर्दा नेपालगंज काठमाडौं , लगाएतका शहरहरुमा पढ्न गएका विद्यार्थी लगाएत बैदेशिक रोजगारमा गएका स्थानीय नागरिकहरु घर आउने समय भएकाले स्थानीयहरुलाई आवत–जावतमा सहज वनाउनको लागी गत वर्ष निर्माण गरिएका सडक बाटोहरु गाडी गुड्ने गरी मर्मत कार्यमा जोड दिएको छ ।

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीको अनुगमनले नागरिकसँग प्रत्यक्ष सम्वन्ध राख्ने, उपभोक्ता समितिलाई योजनाको विषयमा आवश्यक सल्लाह सुझाव दिने गाउँपालिकाले संचालन गरेका योजनाहरु गुणस्तरीय वनाउने आप्mनो पहिलो लक्ष्य भएकाले अनुगमनलाई निरन्तरता दिएको अध्यक्ष शाहीले वताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही योजना अनुगमनको लागी प्राविधिकहरुलाई साथ लिएर सवै वडाहरुमा पुग्ने गरेको योजनाका बिषयमा उपभोक्ता समितिलाई आवश्यक सल्लाह सुझाव दिने गरेकोले योजना गुणस्तर वन्नेमा विश्वस्त रहेको स्थानीय करसिह महताराले वताउनु भयो ।

शिवालय गाउँपालिकालाई समृद्ध गाउँपालिका निर्माण गर्नको लागी पहिलो प्राथमिकता नागरीकहरुलाई पिउने पानीको आवश्यकता पर्ने भएकोले सवै वडाहरुमा पानी पुरयाउने पानी सगसगै वाटो लगाएतका योजनाहरुलाई प्राथमिकतामा राखी काम गरेको वताउनु भयो ।

उपभोक्ता समितिहरुले योजनामा गडवडी गरेको थाहा पाउन साथ योजना स्थलमा पुग्ने गरेको वताउदै गुणस्तर हिन काम गर्ने उपभोक्ता समितिललाई गाउँपालिकाबाट दिने भुक्तानी काम अनुसार भुक्तानी गर्न प्रमुख प्रशासकिय अधिकृत लगाएत योजनाका कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भयो ।
आफनो गाउँमा निर्माण हुन लागेको योजना गुणस्तरीय वलियो निर्माण गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने गाउँपालिकाले निर्णय गरेकोले योजना गुणस्तर वनाई पुरस्कृत हुन उपभोक्ता समितिलाई आग्रह गर्नु भएको छ ।

जनताको पहिलो प्राथमिकता स्वच्छ पिउने पानी, बाटोको सहजता, स्वास्थ्य शिक्षा भएकोले सुधारको पक्षमा लागी परेको बताउदै नागरीकहरुको प्रत्यक्ष सम्वध राख्ने यस्ता विषयमा उपभोक्ता समितिले खेलवाड गरी गुणस्तर हिन काम गर्ने उपभोक्ता समिति लगाएत सरकोरवाला व्यक्तिलाई कारवाही गर्ने वताउनु भयो ।
आप्mनो पालामा केही योजनाहरु नमुना बनाउने उद्धेश्यले समय–समयमा योजना अनुगमन गर्ने गरेको अध्यक्ष शाहीले वताउनु भयो ।