गाउँपालिकाका लेखापालले चढे मनास्लु हिमाल


न्युन अफ नेपाल, काठमाडौं ।

सुनापती गाउँपालिकाका लेखापाल बम बहादुर बिकले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

उनले हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका हुन् । यो हिमाल नेपालको सातौ तथा विश्वको छैटौँ अग्लो हिमालकिलर माउन्टेनको रुपमा समेत परिचित छ ।

रुकुमको सानोभेरी गाउँपालिका– नम्बर १० डाँडाअर्माका स्थायी घर भएका विकले हिमाल आरोहणले सरकारले लिएको भिजिट नेपाल २०२० को उपलक्ष्यमा आन्तरिक पर्यटकलाई प्रद्र्धन हुने विश्वास व्यक्त गरे । उनले हिमाल आरोहण गर्न सफल भएकोमा सहयोग गर्ने सदभाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।

बिक निजामती कर्मचारी लेखा समुहबाट मनास्लु हिमाल आरोहण गर्ने पहिलो कर्मचारी हुन् । बिकले इच्छा शक्ति भएकै कारण मनास्लु हिमाल चढन सफल भएको र आगामी दिनहरुमा सगरमाथा चढ्ने इच्छा रहेको बताएका छन् ।