गाई मारेको अभियोग लागेका फरार बिजय समातिए


नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको बिहादी गाउँपालिकामा गाई मारेको अभियोग लागेका फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।

पर्वतको महाशिला गाउँपालिका वडा नं २ भोक्सिङ्ग घर भै बिहादी गाउँपालिका वडा नं १ बाच्छामा बस्दै आएका कुमार बिन्दास भन्ने बिजय नेपालीलाई पोखराको शहीदचोकबाट पक्राउ गरेको हो ।

नेपालीले गएको जेठ २७ गते बिहादी गाउँपालिका १ बाच्छाका गम्भीरसिंह गुरुङ्गको गोठमा बाँधी राखेको गाईलाई घरेलु हतियार प्रयोग गरेर बध गरेपछि स्थानियले देखेका कारण भागेका थिए । उनका बिरुद्ध पर्वत जिल्ला अदालतमा पशु सम्बन्धी कसूरमा मुद्दा चलेकोछ ।

फरार प्रतिबादी पक्राउ गर्ने अभियानका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी समेतको सहयोगमा पोखराको शहीदचोकमा सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

फरार प्रतिबादी नेपालीलाई पर्वत जिल्ला अदालतले २ लाख धरौटी माग गरेकोमा धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षको लागि कारागार चलान गरिएको छ ।