चितवनबाट लखेटिए ज्ञानेन्द्र शाही


न्युज अफ नेपाल, चितवन ।

चितवनबाट आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भनिने ज्ञान बहादुर शाहीलाई लेखेटिएका छन् ।

चितवनको चौबिसकोटीमा कार्यक्रम गर्न गएका शाही सोहि स्थानमा स्थानिय युवाहरुद्वारा कार्यक्रम स्थलबाटै लखेटिएका हुन् । स्थानिय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाईंदैन भनेर उनको कार्यक्रमको बिरोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भत्काउनुकोसाथै ब्यानर समेत च्यातिदिएका छन् ।

स्थानिय युवाहरु र शाही सर्मथकबीच हुन सक्ने तनावलाई मध्य नजर राख्दै प्रहरीले उच्च सर्तकता अपनाएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।