क्यान चुनाव : १७ पद, २९ उम्मेदवार, ५९ मतदाता


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को १७ सदस्यीय कार्यसमितीको लागि २९ जनाले आफ्नो उम्मेदवारी दिएका छन् ।

क्यानको अध्यक्षका लागि विनय राज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

यस्तै मिङ्मा डन्डु शेर्पा र राजबाबु श्रेष्ठले उपाध्यक्षमा उम्मेदवार दिएका छन् । सचिव पदमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टाराईको उम्मेदवारी परेको छ ।

एकमात्र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन् । प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिम प्रदेशबाट बिक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

कर्णालीबाट पदम बहादुर खड्का, ५ बाट प्रशान्त बिक्रम मल्ल, गण्डकीबाट ऋषि राम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निविरोध भएका छन् । त्यस्तै प्रदेश १ बाट कैलाश विष्ट र लाक्पा लामाबीच प्रतिस्पर्धा हुने छ ।

प्रदेश ३ मा अमित वीर पाण्डे र कैलाश प्रधान लड्ने छन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष तथा १३ जना सदस्यसहित कुल १७ जना निर्वाचित हुने छन् ।

३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार हुने छ ।