गृह मन्त्री चढेको हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण


रामेछाप । गृह मन्त्री राम बहादुर थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ ।

सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरोको कारण रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको हो । नेपाली सेनाको एमआई–०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

हेलिकोप्टरमा गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहेका छन् ।