शनिबारबाट शुक्र अस्त समाप्त,नजुरेका धार्मिक कर्महरु अब जुर्ने


काठमाडौं । दुई महिनाभन्दा बढी समय लागेको शुक्र अस्त शनिबार बिहानबाट सकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार गएको साउन ४ गते राति ८:३३ मा अस्ताएको शुक्र ग्रह शनिबार बिहान २:५७ मा उदाएको हो ।

शुक्र अस्त हुँदा नजुरेका धार्मिक कर्महरु अब जुर्ने ज्योतिषी डा. सुनील सिटौलाले बताए ।शुक्र अस्तका समय कुनैपनि देवकर्म गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ ।

सो समयमा विवाह, व्रतबन्ध, सप्ताहलगायत जुराएर र हेराएर गर्नेखाले देवकार्य गर्नु शुभ मानिँदैन । देवताका गुरु वृहस्पति र दैत्य गुरु शुक्र अस्ताएका बेला कुनै धार्मिक कार्य गर्न नहुने जनविश्वास छ ।