नेपाली स्याटेलाइट प्रसारणका लागि उपयुक्त नहुने


काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि उपयुक्त नहुने देखिएको छ ।

नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि उपयुक्त हुन नसक्ने जनाएको छ ।

सरकारले स्याटेलाइट राखे  त्यसलाई प्रयोग गर्ने तर सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट आफ्ना लागि प्राबिधिक रुपमा उपयुक्त नहुने र यसबारे  प्राविधिक विषयहरु प्रस्ट पार्न मन्त्रालयलाई अनुरोध डिस होमले जानकारी दिएको छ ।