शनिबारदेखि देशका केही स्थानमा भारी बर्षाको सम्भावना


काठमाण्डौ – शनिबारदेखि हिजोअस्तिभन्दा धेरै भारी बर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि लगातार पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाई छ ।पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उहाँले बताउनुभयो ।

यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उहाँले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलको अनुरोध छ ।साथै दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।