विद्यालयको चुनावमा दलीय प्रतिष्पर्धा, नेकपाको प्यानल विजयी


दाङ।पश्चिम दाङको सरस्वती माबि चरकमटियामा भएको विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्यानल बिजयी भएको छ । विद्यालय ब्यवस्थापन समितिको नयाँ नेतृत्वका लागि नेकपा र कांग्रेसबीच प्रतिष्पर्धा भएको थियो ।

जसअनुसार नेकपाबाट उम्मेदवारी दिएका खेमराज डाँगी २३३ मत लिएर विजयी हुनुभएको छ भने कांग्रेसका मानबहादुर बस्नेतले १६९ मत ल्याउनुभएको छ । त्यस्तै सदस्यमा नेकपाकै मोति बिक २२७ मतसहित विजयी हुनुभएको छ ।

प्रतिद्वन्द्वी कांग्रेसकी कमला बिकले १६० मत ल्याउनुभएको छ । बाँकी सदस्य मनोति गर्ने ब्यवस्था छ । यो क्षेत्रमा आगामी मंसिर १४ गते प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुने भएकाले पनि यो चुनावलाई दुबै दलले प्रतिष्ठाको बिषय बनाएका थिए ।