धर्मको नाममा गणतन्त्र माथि हमलाः राजमो उपाध्यक्ष पौडेल


यमलाल भुसाल, बुटवल । संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बिरोध सभाको आयोजना गरेको हो ।
राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथप्रदेश पाँचको अस्थायी मुकाम बुटवलमा सभाको आयोजना गरेको होे ।

सभामा बोल्दै राष्ट्रिय जनामोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले हिन्दु धर्मको नाममा गणतन्त्रमाथि हमला गरिएको बताउंदै राजतन्त्र व्युताउनेहरु विदेशीको आडमा चलखेल गरेको बताउनु भयो ।

गणतन्त्र, धर्म निरपेक्षताको संरक्षण र संघीयता खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने उहाँले बताउनु भयो । भारतको ग्राइन डिजाइनमा ल्याइएको महङो संघीय प्रणालीलाई नेपाली जनताले धान्न नसक्ने बताउंदै स्थानीय तहलाई थप बलियो बनाएर प्रादेशीक संरचना खारेज नहुंदासम्म देशले गतिलिन नसक्ने दावी उहाँले गर्नु भयो । उहाँले सरकारले ल्याएको खुकुलो नागरिकता विद्येयक खारेज गर्नुपर्ने बताउंदै कठोर नागरिकता विद्येयक ल्याउनु पर्ने धारणा राख्नु भयो ।

नागरिकता दिने खुकुलो प्रावधानले भोली नेपाली जनता अल्पमतमा पर्ने र भारतको युपीमा मेयरमा हारेको व्यक्ति नेपालको संसदमा आउन सक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले यो सरकारले नेपाली जनताको गासवास, कपासकोृ ग्यारण्टी गर्न नसक्ने दावी गर्दै गासवस, कपासको ग्यारण्टीका लागि जनवादी सरकार स्थापना हुनुपर्ने बताउनु भयो ।

कम्युनिष्टको नाममा बनेको बहुमतको सरकारले महङी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न नसकेको हत्याहिंसा र बलत्कारमा संलग्नहरुलाई कारवाही गर्न नसकेकाले सरकारप्रति जनता निरास बनेको बताउनु भयो ।

सरकारको गलत नीतिका कारण देशको अवस्था कमजोर बनेको उल्लेख गर्दै नेपालको हिमाल र तराइमाथि आरतले आंखा लगाएको बताउंदै भारतले नेपालको विकास र प्रगति देख्न नचाहेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले देश अफठ्यारो अवस्थाबाट अगाडी बढेको र राजतन्त्र स्थापना गर्ने षडेयन्त्र भैरहेको बताउनु भयो ।

विकासको नाममा देशलाई सात प्रदेशमा बाड्नुले नेपालको अवस्था कमजोर बनेको उल्लेख गर्दै सिद्वान्तत संघीयता ठिकै भएपनि नेपालको हकमा संघीयता आवश्यक नहुने बताउनु भयो । नेपाल भारतको सुरक्षित बजार भएकाले भारतले नेपालको विकास देख्न नचाहेको दावी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको धाराणा राख्नु भयो ।

प्रदेश सांसद तारा जीसीले गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा बढेकाले धर्मको नाममा विदेशीको आडमा राजावादीहरु सलबलाउन खोजेको बताउनु भयो । देशमा भ्रष्टाचार, महङी, कालोबजारी, घुसखोरी तन्त्र मौलाउंदै जांदा पनि दुई तिहाइ बहुमतको सरकार चुप लागेर बसेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष वद्रे आलमले मुलुकको राष्ट्रिय एकता, अखण्डतामाथि संघीयताले हमला गरेको बताउनु भयो । नेता बोमबहादुर खत्रीको अध्यक्षता र सोमकुमार कार्कीको सञ्चालनमा भएको कार्यक्रममा रक्तिमका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सभा हुनुअघि राजमार्ग चौराहाबाट विभिन्न नारा लेखिएको व्यानर र प्लेकार्डसहितको जुलुस निकालिएको थियो ।