भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा दुई को मृत्यु


न्युज अफ नेपाल, काठमाडौं । भारतीय सेनाको चिता हेलिकोप्टर दुर्घटना भएको छ । दुईजनामा पाइलटको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमले ट्विटरमार्फत जानकारी गराएको हो ।

मृत्यु हुनेमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल र अर्का भुटानी सेना रहेको जनाइएको छ । उक्त हेलिकोप्टर भुटानको क्षेत्रमा दुर्घटना भए पनि वास्तविक लोकेशन पत्ता लाग्न सकेको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि पत्ता नलागेको भारतीय सञ्‍चारमाध्यमले जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।