सार्क बैठकमा भारत र पाकिस्तानको पानी बाराबार

पाकिस्तानी विदेशमन्त्री बाहिरिएपछि भारतीय विदेशमन्त्रीको ‘इन्ट्री’


न्युज अफ नेपाल, काठमाडौं ।

भारत–पाकिस्तान विवाद दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्री स्तरीय बैठकमा समेत देखिएको छ। पछिल्लो समय कश्मीर विवादलाई लिएर बढ्दो तनाव सार्क राष्टको मन्त्रीस्तरीय बैठकमा पनि देखिएको हो।

न्यूयोर्कमा बिहीबार बेलुका भएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरु सँगै सहभागी भएनन् । पाकिस्तानी विदेशमन्त्री बैठकबाट बारिएपछि मात्रै भारतीय विदेशमन्त्री बैठकमा प्रवेश गरेका थिए । यस्तो व्यवहारले भारत–पाकिस्तानको विवाद चरम उत्कर्षमा रहेको संकेत गरेको छ । बैठकमा एकसाथ सहभागी नहुनुमा भारतीय पक्ष महासभा अन्तर्गतका सहायक बैठकमा व्यस्त रहेको भनी कारण देखाइ दुवै मुलुकका विदेशमन्त्री सँगै बसेर विवाद समाधानको थलो बनाउने प्रयास भएन।

नेपाललको अध्यक्षतमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा बसेको सार्क राष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘बैठक सफतापूर्वक सम्पन्न भएको छ, लामो समयपछि भएको बैठकको आफ्नै महत्व छ ।’

बैठकमा सार्क राष्ट्र अन्तर्गत परराष्ट्र तथा विदेश मामिला हेर्ने मन्त्रीका साथै महासभामा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठक दक्षिण एशिया क्षेत्रको बृहत्तर विकासमा केन्द्रीत रहेको परराष्ट्रमन्त्री ज्ञावालीले बताए।

उनले सबै सदस्य राष्ट्रहरु आर्थिक विकास, औद्योगिक, पर्यटन लगायतका क्षेत्रमा सहयकार्य गर्दै अगाडि बढ्नुपर्ने एकमत देखिएको बताए।

लामो समयदेखि नेपाल सार्क राष्ट्रको अध्यक्ष छ। १९औं शिखर सम्मेलनको तयारीबारे मन्त्री ज्ञवालीले पाकिस्तानले १९औं शिखर सम्मेलन गर्न तयार रहेको भनेको बताए। पाकिस्तानले मितिसमेत पस्ताव गर्न खोजेको र अनौपचारिक छलफल भएकाले त्यसतर्फ भने अगाडी नबढेको ज्ञवालीले जानकारी दिए।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले दक्षिण एशिया शान्त र समृद्ध हुनुपर्दछ भन्नेमा र एकतावद्ध दक्षिण एशियाको पक्षमा आफ्नो मुलुक रहेको उनले दाबी गरे।
मन्त्री ज्ञवाली बिहीबार नै अतिविकसित मुलुकका मन्त्रीहरुको बैठक, महासभा बैठकका अध्यक्षले बोलाएको आणविक हतियार सम्बन्धी उच्चस्तरीय बैठक लगायतमा सहभागी भएका छन् । नेपालको नेतृत्व गर्दै मन्त्री ज्ञवालीले शुक्रबार साँझ सम्बोधन गर्ने कार्यक्रम छ ।