बालिका भान्जीलाई पटक पटक बलात्कार गर्ने मामा समातिए


न्युज अफ नेपाल, बझाङ ।

बझाङमा आफ्नै भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक बलात्कार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

कक्षा ९ मा अध्यनरत बालिकामाथि ६३ वर्षका मामाले उनीमाथि पटक पटक बलात्कार गर्ने गरेको खुलासा भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।