रिभल्वर र गोलीसहित श्रेष्ठ पक्राउ


रौतहट । चन्द्रपुर नगरपालिका १ बागमती गैह्रीगाँउबाट रिभल्वरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५७ वर्षीय मणिराज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई १ थान रिभल्वर र १ राउण्ड गोलीसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटीएको प्रहरीले उनको घरमा तलासी गर्दा उनी सुत्ने ओछ्यानमा उक्त रिभल्वर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।