बरिष्ठ चिनियाँ कलाकारको चित्रकला प्रर्दशनी शुरु


काठमाडौ । बरिष्ठ चिनिया कलाकारहरुको चित्रकला प्रर्दशनी राजधानीको नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु भएको छ । उक्त चित्रकला प्रर्दशनीको बरिष्ठ चित्रकार गेहेन्द्रमान अमात्यले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भयो ।

चिनका बरिष्ठ ९ जना कलाकारले तयार पारेको उक्त चित्रकला प्रर्दशनीमा राखिएको छ । चीनको च्याङ्सु क्यालिग्राफी तथा चित्रकला स्कुल तानछिनले आयोजना गरेको उक्त चित्रकला प्रर्दशनीले नेपाल र चीनबीच रहेको सम्वन्धमा थप उर्जा थप्ने दुवैदेशका कलाकारले बताएका थिए


चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै बरिष्ठ कलाकार अमात्यले चिनीया राष्ट्रपति सी जिनपिनले नेपाल भ्रमण गर्नु अघि भएको प्रर्दशनीले ठुलो महत्व राखेको बताउदै यसरी बेला बेला यस्ता प्रर्दशनी आयोजना हुनु दुवै देशकाकलाकालागि कोशेढुंगा सावित हुने बताउनुभयो ।