बूढानीलकण्ठ सेमिफाइनलमा


नेपाल समाचारपत्र, काठमाडौं।बूढानीलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके)को कोर्टमा भएको लिग खेलमा बूढानीलकण्ठले गोल्डेनगेटलाई ५९–५० ले पराजित गर्दै समूह ‘बी’को विजेता बन्यो।

पराजयका बाबजुद गोल्डेनगेट पनि समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ। बूढानीलकण्ठका रूपेश नापितले १६ अंक जोडे।

पहिलो क्वार्टरमा बूढानीलकण्ठले १७–१४ को अग्रता लिएको थियो। दोस्रोमा गोल्डेनगेटले १७–१४ कै अग्रता लिँदै खेललाई २१–२१ को बराबरी ल्याएको थियो।

बूढानीलकण्ठले तेस्रोमा १०–७ र चौथोमा १८–१२ को प्रदर्शन गर्दै अन्तिम चारमा यात्रा पक्का गर्यो। शुक्रबार हुने सेमिफाइनलमा बूढानीलकण्ठको भेट एनसीएचएससँग र गोल्डेनगेटको सामना कीर्तिपुरसँग हुनेछ।