युगान्तर सहकारीको साधारण सभा सम्पन्न


काठमाडौं, (नेस)।युगान्तर बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।काठमाडौ महानगरपालिकाको सहकारी विभागका विभागीय प्रमुख नवराज ढकालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा ढकालले युगान्तर बचत तथा ऋण सहकारी संस्थाले अत्यन्तै प्रभावकारी ढङ्गले सदस्य सहभागी गराएर वर्षभरीको वार्षिक प्रगति विवरण पेस गरेका थिए।

कार्यक्रममा सहकारीका सल्लाकार जीवन मानन्धरले सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पुर्ण शेयर सदस्य सहकारीमार्फत सामूहिक आर्थिक विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहकारीका अध्यक्ष उदयमान डंगोलले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै सहकारीको प्रगतिमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरता रहने अपेक्षा रहेको बताउनुभयो।

कार्यक्रममा सहकारीका सदस्यका एसईई उत्कष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो। त्यस्तै संस्थाका कार्यालय सहायक कर्मचारी रूपा नकर्मीलाई उत्कष्ृट कर्मचारी पुरस्कार र संस्थाका वरिष्ठ सहायक कर्मचारी सीता श्रेष्ठलाई प्रोहत्सान सम्मान गरिएको थियो ।