कारहरूको लागि होण्डाको ड्रिम एक्स्चेन्ज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले तीन दिनका लागि आफ्नो होण्डा ड्रिम एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ।

यही असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङरोड धोबीघाटमा हुने यस एक्सेन्ज योजनामा कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने छ।

यस योजना अविधि भर होण्डाका ग्राहकहरुले एक्स्चेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९ दशमलव ५ प्रतिशतको ब्याजदरमा ७० प्रतिशतसम्मको फाइन्यानसिङ सुविधा, १ लाख रुपियाँसम्मको आकर्षक बोनस एक्स्चेन्ज, ५० हजार रुपियाँसम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।