वाँगको निधन


बेइजिङ, (एजेन्सी)।नब्बेको दशकमा मध्य चीनमा एचआइभी र हेपाटाइसिस सम्बन्धमा महत्वपूर्ण रहस्य खुलासा गरेर दशौं हजार मानिसलाई सम्भाबित मृत्युबाट जोगाउन योगदान गरेकी एक साहसी चित्सिकको ५९ वर्षको उमेरमा बिहीबार अमेरिकाको युताहमा निधन भएको छ।

एचआईभी र हेपाटाइसिस प्रति सरकारी लापर्बाहीबारे आबाज उठाएको कारण डाक्टर सुपिंग वाँगको जागिर जानुका साथै उनी र उनको क्लिनिकमा आक्रमणसमेत भएको थियो।

सो घटनापछि उनी अमेरिकामा निर्वासित भएकी थिइन्। असुरक्षाको कारण जनाई वाँगले कहिलेपनि चीन नफर्किने निर्णय गरेकी थिइन्।