अदालती निर्णय


रोम, (एजेन्सी)।इटालीको उच्च अदालतले बिहीबार यदि रोगको कारण असह्य पिडा भोगिरहेका व्यक्तिले मर्न चाहेको खण्डमा उनलाई मर्नका लागि सहयोग गर्नु कुनै अपराध नभएको निर्णय दिएको छ।

सन् २०१७ मा स्वीस युथ्नेजिया (इच्छा मृत्यु ) क्लिनिकमा निधन भएका इटालियन डिस्क जोकी फावियानो एन्तोनियानी उर्फ डिजे फावाको प्रसंगमा अदालतले सो निर्णय दिएको हो।

सन् २०१४ मा भएको खतरनाक कार दुर्घटनामा फावो अन्धा हुनुका साथै गम्भीररूपमा घाइते भएका थिए। इटलीको रोमन क्याथोलिक चर्चले युथ्नेजियाको विरोध गर्ने गर्दछ।