बालिका पक्रने प्रहरी निलम्बित


वासिङ्टन, (एजेन्सी)।फलोरिडा राज्यको ओर्लान्डोस्थित एउटा विद्यालयमा एकजना छ वर्षीया बालिकालाई गिरफ्तार गर्ने एक अमेरिकी प्रहरी अधिकारी निलम्बनमा परेका छन्।

एकजना शिक्षकलाई रिसको झोंकमा लात्ताले हान्ने दुइजना बालक मध्ये एकजनालाई ती प्रहरीले हतकडी लगाएको बालिकाकी हजुरआमाले अमेरिकी सञ्चार माध्यमलाई जानकारी दिएकी छिन्।

प्रहरी अधिकारी डेन्निस टर्नरलाई दुईजना बालबालिकालाई नियन्त्रणमा लिनुअघि उनले माथिल्लो निकायबाट आवश्यक अनुमति नलिएको सरकारी अधिकारीले बताएका छन्।

वकिलले तिनीहरूको गिरफ्तारीलाई अभिलेखबाटे हटाउने प्रयास गरिने पत्रकार सम्मेलनमा बताएका छन्।दुवै बालबालिकालाई खराब आचरणको अभियोग लगाइएको थियो तर अर्का बालकको गिरफ्तारीबारे त्यती चर्चा परिचर्चा बाहिरिएको छैन।

राज्यका प्रहरी प्रमुख ओर्लान्डो रोलोनले एक विज्ञप्तिमार्फत भनेका छन्– ‘मेरा आफ्नै पनि तीनजना एघार वर्ष उमेर मुनिका बालबालिका भएकाले पनि मलाई यस घटनाले निकै चिन्तित बनाएको छ। हाम्रो विभागले व्यावसायिक र शालीन सेवा प्रदान गर्दछ। ‘प्रहरीले दुवै विद्यार्थीको परिचय भने खुलाएको छैन।