पक्षी गायन प्रतियोगिता


बैंकक, (एजेन्सी)।थाइल्यान्डको दक्षिणी प्रान्त नारथीवाटमा बर्ड सिंगिंग (पक्षी गायन) कम्पिटिसन मंगलबारदेखि शुरू भएको छ। यसमा थाइल्यान्ड। सिंगापुर र मलेसियाका १ हजार ८ सय पक्षीले भाग लिएका छन्।

प्रतियोगितामा पक्षीलाई पिँजडामा राखी १५ फिट अग्लो खम्बामा झुन्ड्याउने गरिन्छ। त्यसपछि उनीहरुलाई पटक पटक तल झार्दै गाउन लगाइन्छ।

यस प्रतियागितामा सुगा, मैना, परेवालगायतका अन्य ससाना पक्षी सहभागी गराइन्छ। पक्षीका मालिक ४ महिना अगाडिदेखि यसको तयारी गर्छन्। चार राउन्डमा हुने यस प्रतियोगितामा पक्षीले एक राउन्डमा जित्न कम्तिमा तीन पटक गाउनु पर्ने हुन्छ।