पिपल्लामा यात्रु सहायता कक्ष स्थापना,ट्राफिक प्रहरी खटिने


विमल विष्ट,डोटी।डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय द्धारा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महान चाड दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी उक्त नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिक तथा यात्रुहरुको समस्या समाधानका लागि हामीले नागरिक तथा यात्रु सहायत कक्ष स्थापना गरेकाछौँ,कसैलाई पनि समस्या परे हामीकहाँ पठाउनुहोस ।”ईलाका प्रहरी कार्यालय दिपायल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको सयुक्त पहलमा उक्त नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नागरिक तथा यात्रु सहायता कक्षको आज जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले एक कार्यक्रमका बिच उद्घाटन गर्दै नागरिक तथा यात्रु सहायता कक्षले यात्रुहरुको सुरक्षामा महत्तपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले पिपल्ला बसपार्क लाई जिल्लाकै नमुना बसपार्क बनाउन आफुहरु लागिरहेको बताउनुभयो ।

ट्राफिक प्रहरीले यहाँका सडकमै पार्किङ गरिने सवारी साधनलाई बसपार्क भित्र हाल्ने प्रयास गरीरहेपनि चालकहरुको अटेरीका कारण उक्त कार्य भने सफल हुन सकेको छैन् । उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी प्रमुख (प्रनानी) मललाल बिकले यात्रु सहायता कक्षमा ईलाका प्रहरी कार्यालय दिापयलबाट चौबिसै घण्टा जनपथ प्रहरी खटिरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिक सहायता कक्षमा हाम्रो तर्फबाट चौबीसै घण्टा प्रहरी टोली खटिने छ,कुनै समस्या परे प्रहरी कहाँ आउनुहोला ।”
उहाँले चाडपर्वमा बढी भिडभाड हुने भएकाले बजारमा बिभिन्न समस्या आउन सक्ने भएकाले नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले नागरिक तथा यात्रु सहायता कक्षमा खटिएका प्रहरीले यात्रुहरुलाई सहायता गर्ने, यात्रुका समस्या बुझ्ने सामान्य समस्या तत्काल सामाधान गर्ने र ठुलो समस्या भए अगाडी प्रक्रिया बढाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “सहातया कक्षमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापना भुमिका खेल्ने छन् ।” उहाँले बसमा यात्रुहरु ठगीने घटना आउँने भएकाले त्यस्ता घटना नियन्त्रणमा हेल्प डेस्कले सहयोग गर्ने बताउनुभयो । बसपार्क बाहिर रोडको छेउमा यात्रु चढाउने र यात्रु तान्ने गरिने भएकाले यस्को नियन्त्रणमा पनि ट्राफिक प्रहरी परिचालन गरिने उहाँको दाबी छ ।