महादेवबेशीको जामले बस भित्रै बिरामीको मृत्यु


धादिङ । रौतहट बाट उपचारका लागि काठमाडौ आउदैं गरेका मृगौलापीडित  ३५ बर्षीय रूपलाल शाहको रातभरको सडक जामले धादिङको थाक्रे ६ महादेबबेशीस्थित पृथ्वी राजमार्गमा बस भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आर्थिक अभावका कारण एम्बुलेन्समा आउन नसकेर बसमा यात्रा गर्दै आएका शाहको जाममा बसभित्रै मृत्यु भएको हो । केही दिन देखि नौविसे नागढुङगा सडक खण्डमा धादिङ तर्फ २२ किलोमिटरसम्म जाम हुने गरेको छ ।

राजमार्गको अवस्था अस्तब्यस्त हुदा समेत सम्बन्धित निकाय मुकदर्शक बनेर बसेको यात्रुहरुको गुनासो छ । गरीब र बिपन्न जनताकोहरुको स्वास्थ्य उपचार र बाच्न पाउने अधिकारको सुरक्षा हुनु पर्ने भन्दै उनीहरुले आक्रोस ब्यक्त गरेका छन् ।