शक्तिशाली भूकम्प


जाकार्ता, (एजेन्सी)। इन्डोनेसियाको मालुक द्वीपमा बिहीबार आएको ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पमा एक नवजात शिशुसहित २० जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्।

भूकम्पले कयौं घर भत्केको र धेरै ठाउँमा भूस्खलन भएको बताइएको छ। राष्ट्रिय विपत्ती न्युनीकरण प्रवक्ता अगुस विबोवोले मृतको संख्या जानकारी दिँदै कम्तिमा १ सय घाइते भएको र २ हजारभन्दा धेरैलाई सुरक्षित स्थानमा पुर्याएको जानकारी दिए।

करिब ४ लाख आवादी रहेको एम्बोन सहरका बासिन्दा घाइते नागरिकको मद्दत गरिरहेको तस्वीर सामाजिक सञ्जालमा आइरहेका छन्।