युवराजद्वारा पत्रकार खसोगीको हत्या स्वीकार


रियाद, (एजेन्सी)।साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष भएको अमेरिकी अखबारका पत्रकार जमाल खसोगीको हत्याको सम्पूर्ण जिम्मेवारी लिएका छन्। पत्रकार खसोगीको हत्या आफ्नै निगरानीमा भएको उनले स्वीकारेको बताइएको छ।

पब्लिक ब्रोडकास्ङि सर्विसेजको एक वृत्तचित्रमा युवराजले उक्त कुरा खुलासा गरेका हुन्। यसको प्रशारण अर्को हप्ता खसोगी हत्याको एक वर्ष पूरा हुनु अगाडि अक्टोबर १ मा हुने बताइएको छ। गत वर्ष टर्कीको राजधानी इस्तांबुल स्थित साउदी अरेबियाको दुतावासमा खसोगीको हत्या गरिएको थियो।

उक्त हत्यालाई लिएर युवराज मोहम्मद बिन सलमानले सार्वजनिकरूपमा यस विषयमा कुनै बयान दिएका थिएनन्। केन्द्रीय जाँच एजेन्सी (सीआईए) र केही पश्चिमी देशको सरकारले उनको हत्याका लागि साउदी युवराजले नै आदेश दिएको बताएका थिए तर साउदी अधिकारीले खसोगीको हत्यामा युवराजको कुनै भूमिका नभएको बताउँदै आइरहेको थियो।

शुरूमा साउदी अधिकारीले खसोगीको हत्या भएको कुरालाई नै अस्वीकार गरेका थिए तर पछि उनीहरूले केही व्यक्तीमाथि त्यसको दोष उनको हत्या भएको स्वीकारेका थिए। सरकारी वकिलले त्यतिबेला उप गुप्तचर प्रमुखले खसोगीलाई देश फिर्ता गर्न आदेश दिएको बयान दिएका थिए।

त्यसैले उनलाई देशमा फिर्ता गर्नका लागि वार्ता गरेको तर फिर्ताको प्रयास असफल भएपछि मुख्य वार्ताकारले नै उनको हत्या गर्न आदेश दिएको थियो।वकिलले रोयटर्सलाई उदृत गर्दै युवराजका वरिष्ठ सल्लाहकार साउद अल काहतानीले हत्यारालाई स्काइपमा हत्या गर्ने आदेश दिएको बताएका थिए।

कसरी हत्या गरियो भन्ने स्मिथको प्रश्नको जवाफमा युवराज मोहम्मदले भने– ‘हामीसँग २ करोड नागरिक तथा ३० लाख सरकारी कर्मचारी छन्।के हत्याराले निजी सरकारी जेट प्रयोग गरेका थिए ? भन्ने स्मिथको प्रश्नको जवाफमा युवराजले भने– मसँग अधिकारी, मन्त्री छन्, जसले यी सबै कुराहरु सम्हाल्ने गर्छन र उनीहरु जिम्मेवार छन्।

उनीहरुसँग यस्तो गर्ने अधिकार पनि छ।’गत जुनमा अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई ट्रम्प प्रशासनले हत्याका कारणको छानबिन गर्नका लागि साउदी अरेबियामाथि दवाव दिइरहेको बताएका थिए।

उक्त हत्यालाई लिएर ११ साउदी नागरिकमाथि गोप्य तरिकाले कारबाही भइरहेको र यस मामिलामा मात्र केही सुनवाईं पूरा भएको छ।

संयुक्त राष्ट्रको प्रतिवेदनमा प्रिन्स मोहम्मद र अन्य साउदी अधिकारी विरुद्ध छानबिन गर्न सिफारिस गरिएको थियो।
खसोगी अमेरिकी अखबार वासिङटन पोस्टका स्तम्भकार थिए। उनी अन्तिम पटक गत वर्ष अक्टोबर २ मा इस्ताबुल स्थित साउदी अरेबियाको दुताबास बाहिर देखिएका थिए।

आफ्नी प्रमिकासँग विवाह लागि आवश्यक कागजात प्राप्त गर्न उनी दुताबास पुगेका थिए। हत्यापछि उनको शरीरलाई टुक्राटुक्रा पारिएको थियो र वेपत्ता पारिएको थियो। उनको शव अहिलेसम्म बरामद गर्न सकेको छैन।