तरकारी बोकेको जीप दुर्घटना,१ को मृत्यु ६ घाइते


सरिता चलाउने,सल्यान। सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बिहिबार राती कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट आउदै गरेको लु १ च ४२५३ न जीप किमचौरको भित्रि सडकमा दुर्घटना हुँदा किमचौर निवासी ६७ वर्षिया कर्मी पुनको मृत्यु भएको हो ।

उनको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीप दुर्घटना हुँदा कपुरकोट गाउँपालिका वडा न ४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोक बहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन र ३७ वर्षका तिलक पुन रहेका छन् ।

घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । कपुरकोटमा शुक्रबार तरकारी हाट बजार लाग्ने गर्दछ । उक्त हाटबजारमा तरकारी ल्याउदै गर्दा जीप दुर्घटना भएको प्रहरीको भनाई छ ।

पानी परेका कारण सडक चिप्लो हुँदा गाडी अनियन्त्रित भई गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक र सह चालकलाई प्रहरी नियन्त्रण राखिएको प्रहरीको भनाई छ ।