शेर्पा स्पेनका लागि राजदूत नियुक्त

0
Shares

काठमाडौं, (नेस)। युरोपेली मुलुक स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई बिहीबार राजदूत नियुक्त गर्नुभएको हो।

सरकारले गत जेठमा राजनीतिक कोटाबाट स्पेन, बंगलादेश, कतार र अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको थियो। बंगलादेश र कतारका लागि राजदूत सिफारिस हुनु भएका बंशीधर मिश्र र नारदनाथ भारद्वाज वाग्ले गत महिना राजदूत नियुक्त भइसक्नुभएको छ।

अस्ट्रेलियाका लागि राजदूत सिफारिस हुनुभएका महेशराज दाहालको नियुक्ति प्रक्रिया अझै टुङ्गिएको छैन।
नवनियुक्त राजदूत शेर्पा सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुनुहुन्छ।