अल्कामा ल्याब परीक्षण निःशुल्क

0
Shares

काठमाडौं, (नेस)।ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ।

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते ईजीसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो।

लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदै छन्। स्वस्थ मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सिइओ दिलीप थापाले बताउनुभयो।

उहाँका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निःशुल्क शिविरमा बिरामीलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिनेछ।शिविरमा जाँच गरेकाको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नुनपर्ने उहाँले बताउनुभयो।

अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरूबाट मुटु रोगको उपचार गर्दै आएको छ। साथै अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ।