एउटा नगरपालिकाबाटै ४२ हजार पुराना सवारी साधन हटाइने


तियानजीन । वातावरणप्रति सम्वेदनशील बन्दै चीनको एउटा नगरपालिकाबाट ४२ हजार पुराना सवारी साधन हटाउने निर्णय गरिएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने तियानजीन नगरपालिकामा गत जनवरीदेखि गत अगस्टसम्ममा ती सवारी साधनहरु हटाइएको अधिकारीहरुले जनाएका छन् ।

सहरको वातावरण संरक्षण गर्न र कार्बन उत्सर्जन न्युनिकरण गर्ने अभियान अन्तर्गत पुराना सवारी साधन विस्थापित गरिएको उनीहरुले विहीबार जानकारी दिएका छन् ।

कुल सवारी साधन मध्ये अहिले १८ प्रतिशत सवारी साधन मात्रै सडकमा गुड्ने गरेको तथ्याङ्क अधिकारीहरूले देखाएका छन् ।

खराब र धेरै धुवाँ फाल्ने सवारी साधन नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ भने उनीहरुले सवारी साधनहरु जाँच गर्ने गरेका छन् ।

मापदण्ड पुरा नभएका सवारी साधनहरुलाई उनीहरूले सञ्चालनमा प्रतिबन्ध लगाउने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

रासस/सिन्ह्वा