बूढानीलकण्ठ सेमिफाइनलमा  


न्युज अफ नेपाल, काठमाडौँ ।
बूढानीलकण्ठ पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा आज भएको लिग खेलमा बूढानीलकण्ठले गोल्डेनगेटलाई ५९–५० अङ्कले पराजित गरेको हो ।

बूढानीलकण्ठका रुपेश नापितले १६ अङ्क जोडे । जीतसँगै बूढानीलकण्ठ समूह ‘बी’ को विजेता बनेको छ । गोल्डेनगेट समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ ।