श्रीलङ्काका प्रधानमन्त्रीले राष्ट्रपतीय निर्वाचनमा भाग नलिने


कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राष्ट्रपतीय निर्वाचनमा भाग नलिनुहुने भएको छ । आउँदो नोभेम्बरमा हुने निर्वाचनका लागि आफूले उम्मेदवारी नदिने सङ्केत उहाँले बिहीबार गर्नुभएको हो ।

उहाँको पार्टीको तर्फबाट उहाँका उपाध्यक्ष साजिथ प्रेमदासलाई उम्मेदवारी दिन स्वीकृति प्रदान गरिएको पनि अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिको उम्मेदवारका लागि अगाडी सारिएका प्रेमदास पूर्वराष्ट्रपति रनसिङ्घे प्रेमदासका छोरा हुनुहुन्छ ।

पूर्वराष्ट्रपति प्रेमदासको सन् १९९३ मा प्रतिबन्धित तमिल टाईगर विद्रोहीहरूले हत्या गरेका हुन् । अहिले राष्ट्रपतिको उम्मेदवार हुन लागेका प्रेमदासले गोताबाया राजापाक्षेसंग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

गोताबाया श्रीलङ्काका पुर्व राष्ट्रपति तथा प्रभावशाली नेता महेन्द्रा राजापाक्षेका भाई हुनुहुन्छ । उहाँ धेरै विवादित मानिनुहुन्छ । झण्डै ७० बर्षीय गोताबायामाथि भ्रष्टाचारको आरोप लगाइएको छ ।
रासस/एएफपी