पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार गर्दा लागेको खर्च सरकारले व्यहोर्ने


न्युज अफ नेपाल, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति यादवको भारतमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने भएको हो ।

यादवको उपचारमा लागेको खर्च नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट बिल बमोजिमको रकम भुक्तानी दिइने छ ।

मन्त्रिपरिषदले भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रकम नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको जनाएको हो ।

प्रोस्टेट क्यान्सरबाट पीडित पूर्व राष्ट्रपति यादव चण्डिगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान ‘पीजीआईएमएईआर’ अस्पतालमा दुई साताअघि उपचार गरेर स्वदेश फर्किएका थिए ।

आफ्नै निवासमा आराम गरिरहेका उनपूर्व राष्ट्रपति यादवले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रोस्टेट क्यान्सरको नियमित उपचारअनुसार यस पटक भारतमा गरिएको उपचार खर्च भने सरकारले व्यहोर्ने निर्णय गरेको पूर्व राष्ट्रपति यादवले बताए ।