उपरथी शर्माको पदावधि थप, सेनाको भावी नेतृत्वको दौडमा शर्मा


न्युज अफ नेपाल, काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेको छ । यससँगै सेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि देखिएका छन् ।

जंगीअड्डाबाट भएको सिफारिसका आधारमा एक वर्ष दुई महिना १५ दिनका लागि पदावधि थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाएका छन् ।
उनको दुई वर्षे पदावधि कात्तिकमा सकिँने थियो । उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा हेरिएको छ ।

हालका बलाध्यक्ष रथी गौरव तण्डुलले आगामी वैशाखमा अवकास पाउनेछन् भने रथी शरद गिरीको असारमा अवकास पाउनेछन् । दुबै एक पटक कार्यकाल थप भइसकेको छ ।

तण्डुल र गिरी दुबैले अवकास पाउँदा सेनापति थापा मुनीको वरियतामा स्वतः शर्मा उक्लनेछन् । शर्मा सेनाभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।