करेन्ट लागेर एकको मृत्यु  


न्युज अफ नेपाल, नेपालगञ्ज । ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर कोहलपुर–१२ का अन्दाजी २८ वर्षीय ललित श्रेष्ठको मृत्यु भएको हो । ना ६ ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।