शेर्पा स्पेनका लागि राजदूत नियुक्त


न्युज अफ नेपाल, काठमाडौं । यूरोपेली मुलुक स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त हुनु भएको छ । मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई विहीवार राजदूत नियुक्त गर्नु भएको हो ।

सरकारले गत जेठमा राजनीतिक कोटाबाट स्पेन, बंगलादेश, कतार र अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको थियो । बंगलादेश र कतारका लागि राजदूत सिफारिस हुनु भएका बंशीधर मिश्र र नारदनाथ भारद्धाज वाग्ले गत महिना राजदूत नियुक्त भइसक्नु भएको छ । अष्ट्रेलियाका लागि राजदूत सिफारिस हुनु भएका महेशराज दाहालको नियुक्ती प्रकृया अझै टुङ्गिएको छैन ।

नवनियुक्त राजदूत शेर्पा सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छाेरी हुनुहुन्छ ।