बार्सिलोनाले ३०० यूरो जरिवाना तिर्नपर्ने


न्युज अफ नेपाल, काठमाडौं । बार्सिलोनाले एट्लेटिको मड्रिडका फर्वार्ड एन्टोइन ग्रीजम्यानलाई किन्दा नियम पालन नगरेको भन्दै स्पेनी फूटबल महासंघले ३०० यूरोको जरिवाना तिराएको छ ।

ग्रीजम्यानको रिलीज क्लज २०० मिलियन यूरो हुँदा बार्सिलोनाले उनलाई किन्ने सहमति गरेको एट्लेटिकको दाबी गरेको छ ।

ग्रीजम्यानका लागि बार्सिलोनाले १२० मिलियन यूरो खर्च गर्‍यो । बाईआउट क्लज घटाएर बार्सिलोनाले ग्रीजम्यानलाई किनेको एट्लेटिकको आरोप छ ।

बार्सिलोनाले नियम भंग गरेको ठहर गर्दै महासंघले क्लबमाथि ३०० यूरोको जरिवाना लगाएको बताएको छ ।