संखुवासभाबाट काठमाडौंका लागि उडेका तीन हेलिकप्टर खोटाङमा आकस्मिक अवतरण गरिए


न्युज अफ नेपाल, खोटाङ मौसम खराब भएपछि खोटाङमा आज (बिहीबार) दिउँसो तीन वटा हेलिकप्टर अवतरण गरिएको छ।

संखुवासभाबाट काठमाडौंका लागि उडेको अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको हो।

हेलिकप्टरमा अरूण जलविद्युत आयोजनाको अनुगमनमा गएका विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मौसम खराब भएकोले रेग्मीटारमा हेलिकप्टर अवतरण भएको जानकारी दिएको छ।

प्रहरी थप अनुसन्धानका लागी हेलिकोप्टर अवतरण गरेको ठाउँमा जाँदै छ ।